पोखरामा किसान सुनार सम्मानित

पाेखरा | साउन १९, २०८१

पोखरामा किसान सुनार सम्मानित

पोखरा:     युवा व्यवसायी किसान सुनार पोखरामा सम्मानित भएका छन् ।

 

चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष सुनार पोखरा चेम्बर अफ कमर्स कास्कीको पाँचौ साधारण सभा तेस्रो जिल्ला अधिवेशनको अवसरमा  सुनार सम्मानित भएका हुन् ।

 

पोखरा चेम्बर अफ कमर्स कास्कीका संस्थापक अध्यक्षसमेत रहेका उनलाई संस्थाप्रति योगदान दिएको भन्दै  सम्मान अर्पण गरिएको हो ।

 

उनलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सम्मान अर्पण गरिन् । 

 

सो अवसरमा बोल्दै शिक्षामन्त्री भट्टराईले उद्यमशिलतालाई शिक्षासँग जोड्न आवश्यक रहेको बताइन् । 

 

उनले व्यवहारिक शिक्षा नीति नहुँदा युवाहरु विदेशीनु पर्ने बाध्यता रहेको बताउदै त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको धारणा राखिन्  । मन्त्री भट्टराईले आफ् जिम्मेवारी पूर्ण रुपमा निभाउन कटिबद्ध रहेको बताउदै जनताको मन जित्ने गरी काम गर्ने प्रतिबद्धतासमेत व्यक्ति गरेकी थिइन् ।

 

कार्यक्रममा संघीय सांसद दामोदर बैरागी, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख भरतमणी पाण्डे, आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख शिव शर्मा, एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, नेपाल पर्यटन बोर्डका पूर्व सदस्य बासु त्रिपाठी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

 

संस्थाको कार्यक्रमबारे प्रचारप्रसारमा सहयोग गरेको भन्दै पत्रकार श्याम कुँवरलाई र सचिवालय व्यवस्थापनमा भूमिका निर्वाह गरेको भन्दै अन्य व्यक्तिहरुलाईसमेत सम्मान अर्पण गरिएको थियो ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्